नेपाली सेनाले फोटो प्रतियोगिता गर्ने, प्रथमलाई ५० हजार पुरस्कार दिने

काठमाडौं । नेपाली सेनाले सेनासँग सम्बन्धित विभिन्न विषयलाई लिएर फोटो प्रतियोगिता गर्ने भएको छ।

सनोाले विभिन्न क्याटेगोरीमा फोटो प्रतियोगिता २०८० गर्न लागेको जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाले जनाएको छ।

सेनासँग सम्बन्धित तालिम, खेलकुद, समारोह, सैनिक कारवाहीका गतिविधि, नागरिक र सेना सहकार्य तथा अन्य विषयका फोटो प्रतियोगितामा सहभागी हुनसक्ने जनाइएको छ।

प्रतियोगितामा पहिलो हुने फोटोलाई ५० हजार रुपैयाँ, दोश्रो हुनेलाई ३५ हजार रुपैयाँ, तेश्रो हुनेलाई २५ हजार रुपैयाँ र सान्त्वना हुनेलाइ १० हजार रुपैयाँ पुरस्कार दिइने जङ्गी अड्डाले जनाएको छ ।

प्रतियोगितामा सहभागी हुन आगामी मंसिर २१ गतेसम्म photo.nepalarmry.mil.np फोटो पठाउनुपर्ने जनाइएको छ ।