सुपर लिगका आज दुई खेल हुँदै

काठमाडौं। नेपाल सुपर लिग (एनएसएल) प्रतियोगितामा आज दुई खेल हुने भएका छन्। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने पहिलो खेलमा दिउँसो १ बजे झापा एफसी र पोखरा थन्डर्स भिड्ने छन् । त्यस्तै दोस्रो खेल साँझ ५ः३० बजे धनगढी एफसी र ललितपुर सिटी एफसी भिड्ने छन्।

यसअभि हिजो भएको खेलमा एफसी चितवनले पहिलो जित दर्ता गराएको थियो। चितवनले वीरगञ्ज युनाइटेड एफसीलाई २–१ गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो।

चितवनको जितमा विमल घर्तीमगर र टोरिक जेब्रीनले समान एक–एक गोल गरे। त्यस्तै वीरगञ्जका लागि भने आइकिन्स बाफुरले एक गोल फर्काए।

जितसँगै चितवनले ३ खेलमा एक जित, एक बराबरी र एक हारसहित चार अङ्क जोडेको छ। वीरगन्ज भने दुवै खेलमा पराजित हुँदै अङ्कविहीन रहेको छ।