सम्झौता अनुसार काम नगर्ने यी ५ निर्माण कम्पनी तथा आपूर्तिकर्ता कालोसूचीमा

काठमाडौं। सार्वजनिक खरिद अनुगमन कार्यालयले सम्झौताअनुसार काम नगर्ने विभिन्न पाँच वटा निर्माण व्यवसायी र आपूर्तिकर्ता कम्पनीलाई कालोसूचीमा राखेको छ।

सार्वजनिक खरिद ऐन २०६३ को दफा ६ को उपदफा ९१० बमोजिम पाँचवटा निर्माण व्यवसायीरआपूर्तिकर्ताहरूलाई कालोसूचीमा राखिएको हो ।

कालोसूचीमा राखिएको अवधिभर ती कम्पनीले सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउनेछैनन्।

कार्यालयले यसअघि गएको १५ गते १४ वटा निर्माण कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेको थियो।