नेपाल सुपर लिगमा आज इलाम र वीरगन्ज भिड्दै

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा आज स्पोर्टिङ इलाम एफसी र वीरगन्ज युनाइटेड एफसीबिच प्रतिस्पर्धा हुने भएको छ। काठमाडौँ स्थित दशरथ रङ्गशालामा हुने खेल साँझ पाँच बजे सुरु हुनेछ।

यसअघि हिजो साँझ भएको खेलमा झापा एफसीले पहिलो जित दर्ता गराएको थियो। झापाले आफ्नो पाँचौँ खेलमा एएफसी बुटवल लुम्बिनीलाई १–० गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो।

यो जितसँगै झापाले पाँच अङ्क जोडेको छ। यसअघि भएका चार खेलमा झापाले तीन बराबरी तथा एक खेलमा हार ब्यहोरेको थियो। त्यस्तै प्रतियोगितामा ६ खेल खेलेको बुटवलको ७ अङ्क बटुलेको छ।