बढ्यो सुनको मुल्य,कतिमा हुँदैछ कारोबार?

काठमाडौं। बिहीबार एकैदिन सुनको मूल्य प्रतितोला २ हजार ८ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन छापावाल सुन प्रतितोला १ लाख १६ हजार रुपैयाँमा झरेकोमा आज १ लाख १८ हजार ८ सय रुपैयाँ कायम भएको छ।

यसअघि १८ मंसिरमा सुनको मूल्यले अहिलेसम्मकै उच्च प्रतितोला १ लाख २१ हजार ६ सय रुपैयाँको रेकर्ड बनाएको छ। त्यसयता बुधबारसम्म मूल्य घटेको थियो।

अन्तर्राष्ट्रिय बजारमा मूल्य अकस्मात बढेपछि नेपाली बजारमा बिहीबार प्रभाव परेको महासंघको भनाइ छ। त्यस्तै चाँदीको मूल्य प्रतितोला ५५ रुपैयाँले बढेको छ। अघिल्लो दिन प्रतितोला १४ सय रुपैयाँ रहेको चाँदी बिहीबार १४५५ रुपैयाँ कायम भएको हो।