नेपाल सुपर लिगमा आज झापा र ललितपुर भिड्दै

काठमाडौं। नेपाल सुपर लिग फुटबल प्रतियोगितामा आज झापा फुटबल क्लब र ललितपुर सिटी फुटबल क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । खेल दशरथ रङ्गशालामा साँझ ५ बजे सुरु हुनेछ ।

यसअघि हिजो भएको खेलमा एफसी चितवनलाई पराजित गर्दै धनगढी फुटबल क्लब अङ्कतालिकाको शीर्षस्थानमा उक्लेको थियो। धनगढीले चितवनलाई १–० गोलअन्तरले पराजित गर्दै अङ्कतालिकाको शीर्षस्थानमा उक्लिएको हो। धनगढीको जितमा आफिज ओलावालेले गोल गरे। उनले खेल सुरुआती दोस्रो मिनेटमा गरेको एक गोल नै धनगढीका लागि निर्णायक गोल सावित भयो।

जितसँगै धनगढीले पाँच खेलमा तीन खेलमा जित तथा दुई खेलमा बराबरी खेल्दै ११ अङ्क जोडेको छ। त्यस्तै हारसँगै चितवन भने छ खेलमा एकमा जित, दुई खेलमा बराबरी तथा तीन खेलमा हार व्यहोर्दै पाँच अङ्क बनाएको छ। चितवन अङ्कतालिकाको सातौँ स्थानमा रहेको छ।