नेपाल सुपर लिगमा आज काठमाडौं रेजर्स र धनगढी एफसी भिड्दै

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज धनगढी एफसी र काठमाडौं भिड्ने भएका छन्। खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ बजे शुरु हुनेछ।

धनगढी आजको खेल जित्दै शीर्षस्थानमा तीन अंकको अग्रता बनाउने प्रयासमा हुनेछ।काठमाडौं पनि शीर्षस्थानको धनगढीसँग अंक बराबरी गर्ने योजनामा मैदान प्रवेश गर्नेछ।

जारी प्रतियोगितामा धनगढी अपराजित टिम हो। धनगढीले खेलेका पाँच खेलमा तीनमा जित र दुईमा बराबरी खेलेको छ।

काठमाडौंले दुईमा जित, दुईमा बराबरी र एक खेलमा हार व्यहोरेको छ। मंसिर ८ गते शुरु भएको प्रतियोगितामा ९ टिम सहभागी छन्।