नेपाल सुपर लिगमा आज इलामले ललितपुर र बुटवलले पोखरासँग खेल्ने

काठमाडौं। राजधानीमा जारी नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा आज दुई खेल हुने भएका छन्। पहिलो खेलमा स्पोर्टिङ इलाम एफसीले ललितपुर सिटी एफसीको सामना गर्ने भएको छ। खेल दिउँसो १ बजे त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सुरु हुनेछ।

आजै हुने अर्को खेलमा बुटवल लुम्बिनी एफसीले पोखरा थन्डर्सको सामना गर्ने भएको छ। यो खेल साँझ पाँच बजे सुरु हुनेछ।

यसअघि हिजो भएको धनगढी एफसी र काठमाडौँ रेजर्सबिचको खेल बराबरीमा सकिएको थियो। धनगढी र काठमाडौँबिचको खेल १–१ गोलको बराबरीमा सकिएको हो ।