नेपाल सुपर लिगमा आज धनगढीले पोखरा र चितवनले झापाको सामना गर्ने

काठमाडौं । नेपाल सुपर लिग फुटबल प्रतियोगितामा आज दुई खेल हुने भएका छन्। दशरथ रङ्गशाला मैदानमा आज हुने पहिलो खेलमा धनगढी एफसीले पोखरा थन्डर्सको सामना गर्ने भएको छ । यो खेल दिउँसो एक बजेबाट सुरु हुनेछ । त्यसैगरी आजै साँझ पाँच बजेबाट सुरु हुने दोस्रो खेलमा एफसी चितवनले झापा एफसीको सामना गर्नेछ ।

यसअघि हिजो भएको खेलमा वीरगञ्ज युनाइटेडले काठमाडौँ रेजर्सलाई पराजित गरेको थियो । वीरगञ्जले काठमाडौँ रेजर्सलाई ४–१ गोलअन्तरले पराजित गर्दै विजयी भएको हो।

यस जितसँगै वीरगञ्जले सात खेल खेल्दा आठ अङ्क जोडेको छ । वीरगञ्ज अङ्क तालिकाको छैटौँ स्थानमा उक्लिएको छ ।

त्यस्तै पराजित काठमाडौँले सात खेलमा नौ अङ्क जोडेको छ । काठमाडौँ अङ्क तालिकाको पाँचौँ स्थानमा छ ।