कवि रेशम विरहीको प्रतिरोधको लय कविता सङ्ग्रहको गृह विमोचन विमर्श तथा वाचन कार्यक्रम सम्पन्न

चितवन। अक्षर समूह चितवनको आयोजनामा चर्चित कवि रेशम विरहीको प्रतिरोधको लय कविता सङ्ग्रहको गृह विमोचन विमर्श तथा वाचन कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा साहित्यकार एल बि क्षेत्री, कवि पोषराज पौडेल सूर्य लोकजूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा प्रमुख वक्ता कवि भूपिन खड्काले कवि रेशम विरहीको प्रतिरोधको लय कविता सङ्ग्रहमा प्रतिरोधको विद्रोही चेतनाको प्रकाश प्रज्ज्वलित गरिरहेको बताए।

उनले देश लुट्ने र जनतालाई राहत नदिने प्रवृत्ति विरुद्धको यात्रा उनका कविताहरुमा पाइने हुनाले एक जनताको अधिकारको रक्षाका रक्षाकवज कवि रहेको धारणा राखे।

कार्यक्रममा कवि भूपिन खड्कालाई मायाको चिनो कवि रेशम विरही र सभाध्यक्ष रमेश प्रभातद्वारा प्रदान गरिएको थियो। कार्यक्रममा चितवन नवलपरासीका प्रबुद्ध साहित्यकारहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रमको सहजीकरण गजल मञ्च चितवनका अध्यक्ष लेखराम सापकोटाले गरेका थिए। कार्यक्रममा बोल्दै सभाध्यक्ष अक्षर समूहका अध्यक्ष रमेश प्रभातले उपस्थित सबै सबैमा हार्दिक धन्यवादसहित आभार प्रकट गरे।