सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ।

सुन आज तोलामा ६ सय रुपैयाँ बढ्दै प्रतितोला एक लाख २० हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।

सुन हिजो प्रतितोला एक लाख १९ हजार ९ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ बढ्दै प्रतितोला एक हजार चार सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।