बारा प्रहरीको सफलता: “सार्पसुटर” सिंह पक्राउ

काठमाडौं। विगत लामो समयदेखि तराईका जिल्लाहरु बारा,पर्सा,रौतहटमा सुपारीलिई हत्या,हिंसा,सुन डकैती,लुटपाट गरी आतंक फैलाउँदै आएका भारतीय सार्पसुटरलाई बारा प्रहरीले मंगलबार साँझ खुट्टामा गोली प्रहार गरि पक्राउ गर्न सफल भएको छ।

प्रधानाध्यापकलाई गोली प्रहार गरी हत्या गरेको आरोपमा विगत लामो समयदेखि फरार रहेका ‘सुटर’ सिँहलाई बारा प्रहरीले गोली हानेरै नियन्त्रणमा लिएको हो।

बारामा भएका विभिन्न हत्याकाण्डहरूमा संलग्न भनिएका भारतीय सुटर सुजित सिंहलाई प्रहरीले मंगलबार राती गोली प्रहर गरि नियन्त्रणमा लिएको हो।

गत कात्तिक १३ गते बारा जिल्ला कलैया उपमहानगरपालिका-६ मा रहेको मदार्सा टोलमा सोमबारको दिन पौने १ बजे दुईवटा मोटर साईकलमा आएका चारजना अज्ञात आपराधिक समूहले स्वर्णकारको गोली हानी हत्या गरेको थियो।

बाल एकता बोर्डिङ स्कुलका सञ्चालक तथा प्रधानाध्यापक ‘गुड्डु’ भनिने रुपेश स्वर्णकारको हत्यामा मुख्य सुटर रहेका सिंहलाई बारा प्रहरीले लामो समय देखि खोजी गर्दै आइरहेको थियो।

प्रहरीले चलाएको गोली सिंहको दुवै खुट्टामा लागेको र उनको कलैया स्थित प्रादेशिक अस्पतालमा उपचार भईरहेको बारा जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिएका छन।

सुटर सिंहको साथबाट बन्दुक र त्यसमा लाग्ने गोली समेत बरामद गरिएको उनले जनाए। नेपालमा मात्रै नभई सुटर सिँहले विगतमा भारतको मोतिहारी जिल्ला ग्राम पञ्चायत वडा नम्बर १४ को वडा अध्यक्षको समेत हत्या गरि फरार भएका थिए।

सिंह मंगलबार पनि नेपालमा कसैको हत्या गर्ने उद्देश्यले प्रवेश गरेको हुनसक्ने प्रहरीको अनुमान छ। उपरीक्षक काफ्ले भन्छन् ‘प्रहरीले समयमै सिंहलाई नियन्त्रणमा लिएर थप घटना हुनबाट बचायौँ।

भारतको बिहार मोतिहारी जिल्ला तिनकोनी निवास सिंहले हतियार सहित नेपाल प्रवेश गरेको सूचना पाएपछी प्रहरीले सिंहलाई नियन्त्रणमा लिन खोजेको थियो।

प्रहरीले पक्राउ गर्ने थाहा पाएर सिंह भाग्न खोज्दा विश्रामपुर गाउँपालिकाको मुसहर्वा भन्दा दक्षिण नहर भन्ने स्थानबाट खुट्टामा गोली प्रहार गरि नियन्त्रणमा लिएको बारा प्रहरीले जनाएको छ।

प्रहरी प्रधानकार्यलय सचिवालय सोर्तका अनुसार “सुटर” सुजित सिंहले तराई क्षेत्रलाई आधारईलाका बनाई विगत लामो समयदेखि हत्या,हिंसा, लुटपाट,डकैती गर्दै आएका थिए। सुटर सिँहलाई समयमै नियन्त्रणमा लिन बारा प्रहरी सफल हुनु भनेको प्रहरी संगठन नै सफल हुनु हो।