हुम्लामा हेलिकप्टर कुर्दाकुर्दै १३ दिने सुत्केरीको मृत्यु

सांकेतिक तस्वीर

काठमाडौं। हेलिकप्टर कुर्दाकुर्दै हुम्ला ताँजाकोट–५ की सुत्केरी २३ वर्षीया अन्शु बुढाको मृत्यु भएको छ। अन्शुको सोमबार राति बाजुराको कोल्टीस्थित स्वास्थ्य केन्द्रमा मृत्यु भएको परिवारले जाकारी दिएको छ। थप उपचारका लागि नेपालगन्जको जहाज कुर्दाकुर्दै उनको ज्यान गएको हो।

परिवारका अनुसार अन्शुले १३ दिनअघि, पुस १२ गते पालिकाकै मदना स्वास्थ्य चौकीमा छोरीलाई जन्म दिएकी थिइन्।

प्रसूति अवस्थाबाट उनी तंग्रिँदै थिइन्। हिजो बिहान नुवाइधुवाइ गर्छु भनेर पधेँरामा गएकी उनको नुहाएर फर्किएपछि टाउको दुख्ने रिँगटा लाग्ने भएको थियो।

अन्शुको घर सदरमुकामबाट ४६ कोस टाढा पर्छ। दुर्गम ठाउँमा भनेको बेला गाडी पनि उपलब्ध नहुने भएकाले बिरामीलाई थप समस्या परेको स्थानीयको भनाई छ।

वडाध्यक्ष मंगल नेपालीले पनि भौगोलिक विषमताले १३ दिने सुत्केरीले ज्यान गुमाउनु परेको बताए। तीन वर्षे वनस्पति विज्ञान पढेकी उनको गत वर्ष मात्रै विवाह भएको थियो।