एयरटेल सहकारी ठगी प्रकरणः किर्ते र ठगी गिरोहका नाइके गोयललाई बागमतीका सहकारी मन्त्री पुकार महर्जनको साथ

काठमाडौं । सर्वसाधारणले बचत गरेको करिब ५० करोड रुपैयाँ हिनामिना गरेका काठमाडौंको न्युरोडस्थित एयरटेल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका प्रबन्ध निर्देशक अशोक गोयल जैन केही वर्ष अघि कारागार चलान भए ।

उक्त सहकारीका अध्यक्ष सुमन केडिया, सञ्चालकहरु सारिका जैन, सुरेन्द्रकुमार अग्रवाल,सीमा बंशल अग्रवाल, पुरुषोतम अग्रवाल, रविन्द्रसिंह र दिपेन्द्र शर्मालगायतलाई प्रतिवादी बनाएर पीडितहरुले मुद्दा दर्ता गरेका थिए।

आफ्नो बचत रकम फिर्ताको मागसहित हालेको मुद्दमा निर्देशक गोयलसहितलाई कैद सजायसहित जरिवार र ६ महिनाभित्रै बचतकर्ताको सावाँ व्याज तिर्नुपर्नै भन्दै २०७७ साल फागुन १८ गते जिल्ला अदालतल काठमाडौंले फैसाला गर्यो। तर उक्त सहकारी ठगी गिरोहले अझैसम्मपनि बचतकर्ताको रकम फिर्ता गरेको छैनन्।

उल्टै सोही गिरोह फेरि सक्रिय भएको छ। पीडितहरुले आफूमाथि पुनः ठगी हुने प्रपञ्च चलिरहेकाले त्यसका विरुद्ध कानूनी कारवाहीमा हुनु पर्ने भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सीआईवी र वागमति प्रदेश सहकारी मन्त्रालयमा समेत उजुरी गर्न पुगेका छन् ।

सर्वसाधारण शेयर बचतकर्ताले जम्मा गरेको करोडौं रकम हिनामिना गरेको आरोपमा निर्देशक गोयल २ वर्ष कैद सजाय पूरा गरेका थिए । कैद पूरा गरि बाहिरीएका गोयलले सोही सहकारीको समितिको अध्यक्ष र आफूखुसी सदस्यहरु मनोनयन गरेर ठगी गिरोह सञ्चालनमा ल्याएका छन्।

यता अदालतको फैसलापछि ६ महिनामै आफ्नो रकम फिर्ता पाउने आशामा बसेका बचतकर्ता भने यो गिरोह फेरी सक्रिय हुँदा त्रासमा छन्। अदालतको आदेशको पालना नभएको र आफूहरुलाई धम्की दिदै आएको पीडितको आरोप छ।

पीडित बचतकर्ताका अनुसार उक्त तदर्थ समितिले आउँदो २८ गते शनिबार साधारण सभा डाकेको छ। जवकि सजाय भोगेर पीडितको रकम फिर्ता गर्ने न्यायलयको आदेशानूसार कैद मुक्त भएका व्यक्ति पुनः सोही सहकारीको सञ्चालक समितिमा बस्न नमिल्ने कानुनी व्यवस्था छ।

यद्यपि,तत्कालिन प्रवन्ध सञ्चालक गोयलले आफूलाई नै तदर्थ समितिको अध्यक्ष घोषित गर्दै विगतमा कैद बस्दा कारागारमा चिनजान भएका व्यक्तिलाई सोही तदर्थ समितिमा राखेको आरोप पिडीत पक्षको छ। विगतका सहकारीका सदस्यलाई तदर्थ समितिमा नराखेर अहिले बनाइएको तदर्थ समितिमा नयाँ अनुहार मात्र देखिनुलाई पुनः ठगी गर्ने प्रपञ्चका रुपमा सबैले बुझेका छन्।

पीडित पक्षले यसअघि रोक्का भएको सम्पत्ति फुकुवा गरेर ठगी गर्ने नियतका साथ अशोक जैनले कानूनको पाटो उल्लंघन गर्दै आफैँ तदर्थ समितिको अध्यक्ष बनेकोमा आपत्ति प्रकट गरेका छन् ।गोयलको उक्त गिरोहमा बागमति प्रदेशका संस्कृति,पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनको समेत संलग्नता रहेको पीडितको आरोप छ।

बागमती प्रदेशका सहकारी मन्त्रीले अशोक गोयलको योजना, डीजाईन अनुसार नै सघाइरहेको र पिडीतले सहकारीमा गरेको उजुरी थन्काइदिन कर्मचारीलाई आदेश दिएको बताइन्छ। पिडीतले यसै विषयलाई लिएर अख्तियार दूरुपयोग अनुसन्धान आयोगमा पनि उजुरी गर्ने तयारी गरेका छन्।

यसै विषयलाई लिएर बागमती प्रदेश सहकारी कार्यालयमा सम्पर्क गर्दा त्यहाँका रजिष्ट्रारले आफ्नो कार्यालयलाई साधारण सभा हुन गइरहेको जानकारी मात्र दिएको बताएका छन्। तर, त्यसलाई आफ्नो कार्यालयले अनुमोदन नगरेको उनको दाबी छ।

रजिष्ट्रार समक्ष विगतमा सहकारीभित्र बदमासी गरेको अभियोग लागेर कैद समेत भुक्तान गरिसकेको व्यक्ति कसरी सोही सहकारीको तदर्थ समितिको अध्यक्ष हुन सक्छ भन्ने बचतकर्ताहरुको प्रश्नमा अहिलेसम्म कुनै जवाफ न आएको उनीहरु बताउँछन्।

झण्डै ५० करोड बराबरको रकम हिनामिना भएको अनुमान गरिएको उक्त सहकारीमा ६६ जनाको मात्रै २५ करोड भन्दा बढी ठगी भएको छ। हजारौं बचतकर्ता सदस्य रहेको उक्त एयरटेल सहकारीका ६६ सदस्य मात्र त्यतीबेला आफ्नो फसेको रकम फिर्ता पाउन भन्दै प्रहरीमा ठगी निवेदन दर्ता गराएका थिए।

प्रवन्ध सञ्चालक गोयलले आफ्नै पत्नी सुमन केडीया (गोयल)लाई सहकारीको अध्यक्ष तथा छोरीलाई लेखापाल बनाएर सहकारीमा जम्मा भएको निक्षेपलाई आफूखुसी लगानी गर्दै आएका थिए।

संस्थाका अध्यक्ष र प्रवन्ध सञ्चालकसहित उनीहरु निकटस्थ रहेका सहकारीमै आवद्ध सीमा बंशल (अग्रवाल), सारीका जैन, सुरेन्द्र कुमार अग्रवाल,पुरुषोत्तम अग्रवाल, रविन्द्र सिंह र दिपेन्द्र शर्मामाथि सहकारी पिडीतले आफूहरु ठगीएको भन्दै किटानी जाहेरी दिएका उनीहरु मध्ये कोही पक्राउ परेर कैद सजाय भुक्तान गरी निस्केका छन् भने कोही अझैसम्म पनि फरार नै छन्।

प्रदेश नं. ३ को प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट २०७५ असोज १९ न्यूरोडस्थित एयरटेल वचत तथा ऋण सहकारी संस्थामाथि भएको आर्थिक अनियमितता प्रकरण छानविन गरी कारवाही गर्न महानगरीय प्रहरी परिसर, काठमाडौंलाई पत्राचार गरेको थियो।

त्यसबेला अशोक गोयल लगायतलाई जोगाउन सुशिल नहाटाले निकै कसरत गरेका थिए भने अहिले बागमती प्रदेशका संस्कृति, पर्यटन तथा  सहकारी मन्त्री खुलेआम अशोक गोयलको पक्षमा वकालत गर्दै आएका छन्।