कवि उपेन्द्र बाबु त्रिपाठीको एक दर्जन कविता सार्वजनिक कार्यक्रम सम्पन्न

चितवन। कवि उपेन्द्र बाबु त्रिपाठीको एक दर्जन कविता एक कार्यक्रमबीच सम्पूर्ण किताबको प्राङ्गणमा सार्वजनिक गरिएको छ। कार्यक्रमका सभाध्यक्ष सम्पूर्ण किताबका लेखराम सापकोटा र कार्यक्रम सहजीकरण अक्षर समूहका अध्यक्ष रमेश प्रभातले गरेका थिए।

कार्यक्रममा कवि त्रिपाठीले दुई चरणमा एक दर्जन कविता वाचन गर्दा सभाहल रोमान्टिक बनेको दृश्य मनमोहक थियो। कवि त्रिपाठीका कविता वाचनमा साथ दिदै साहित्यप्रेमी गजलकार प्रेम कडेल ‘उदय’ र कवि मनोज विक्रम विष्टले एक एक कविता वाचन गर्दै कविको आगामी साहित्यिक उज्जवल भविष्यको शुभकामना व्यक्त गरे।

कार्यक्रममा बोल्दै समालोचक धनेश्वर भट्टराईले कविता वाचन कार्यक्रम सफलताको शुभकामना सहित पृथ्वी नारायण शाहको नेपाल एकिकरण अभियानको बारेमा समिक्षा गरे।

कार्यक्रममा बोल्दै साहित्य संगम चितवनका अध्यक्ष कवि प्रकाश चापागाईंले कविका कविताहरूमा बिम्बको प्रयोग गरे सुनमा सुगन्ध हुने बताउदै कविताको उठान र बैठान रोचक रहेको बताए।

कार्यक्रममा बोल्दै अध्यक्ष लेखराम सापकोटाले कवि उपेन्द्र बाबु त्रिपाठीको कविता नेपाली समाजको युगबोध गर्ने बताए। कार्यक्रममा चितवन नवलपरासीका प्रबुद्ध साहित्यकारहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रमले चितवन साहित्यको उन्नयनमा अघि बढिरहेको सबै सबै साहित्यप्रेमीहरुको भनाई रहेको छ।