दाङ बस दुर्घटनामा ४ जनाको मृत्यु

काठमाडौं। दाङको भालुवाङमा बस दुर्घटनामा परेर ४ जनाको मृत्यु भएको छ।

नेपालगञ्जबाट काठमाडौँ जाँदै गरेको भे.१ ज ३९१२ नम्बरको बस राप्ति पुलबाट खसेर ४ जनाको मृत्यु भएको हाे।

बसमा करिब ३७ जना यात्रु भएको आकलन गरिएको छ। दुर्घटनामा घाइते भएकाहरुको उद्धार जारी छ।

घाइतेहरुलाई भालुवाङ, लमही र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पठाइएको छ। मृतक ४ जनाको पहिचान खुलेको छैन, उद्धार कार्य जारी छ।