राष्ट्रिय सभा निर्वाचनमा साढे ३ लाखसम्म खर्च गर्न पाउने

काठमाडौं । राष्ट्रिय सभा सदस्यको उम्मेदवारले तीन लाख ५० हजारसम्म खर्च गर्न पाउने भएका छन् ।

निर्वाचन आयोगले आइतबार राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारको चुनाव खर्चको तोकेको हो। राष्ट्रिय सभाका १९ सिटका लागि ११ माघमा निर्वाचन हुँदैछ।

उम्मेदवारले बैंक तथा वित्तीय संस्थामा खाता खोलेर त्यसबाट खर्त गर्नुपर्नेछ। निर्वाचन सकिएको ३० दिनभित्र आयोगमा विवरण बुझाउन समेत निर्वाचन आयोगले उम्मेदवारहरुलाई आग्रह गरेका छ।

आयोगका अनुसार मतदाता नामावली खरिद, सवारी साधन, सवारी सधानको इन्धन,प्रचार प्रसार सामग्री,ढुवानी,गोष्ठी,अन्तरक्रिया, प्रचार प्रसार, कार्यालय सञ्चालन, प्रतिनिधि परिचालन र विविध शीर्षकमा कुल तीन लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न सकिनेछ।