बालकुमारी घटना: मृतक दुई युवाको परिवारलाई क्षतिपूर्ति दिइयो

काठमाडौं । बालकुमारी झडपमा मारिएका दुई युवाको परिवारलाई सरकारले १०/१० लाख रुपैयाँ क्षतिपूर्ति दिएको छ।

मन्त्रिपरिषद्को १४ पुसको निर्णयअनुसार दैलेखका सुजन राउत र अछामका वीरेन्द्र शाहको परिवारलाई १०/१० लाख रुपैयाँ प्रदान गरिएको हो।

१३ पुसका दिन रोजगार अनुमति प्रणाली (ईपीएस)परीक्षा सम्बन्धित विवादमा भएको प्रदर्शनका क्रममा प्रहरीको बल प्रयोगबाट ती दुई युवाको मृत्यु भएको थियो।

सोही घटनामा भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीसमेत जलाइएको थियो। घटनापछि सरकारले मृतकका परिवारलाई १०/१० लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको थियो।