कांग्रेस संसदीय दलको बैठक आज बस्दै

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक आज  (शुक्रबार) बस्दै छ । बैठक आज दिउँसो २ बजे संघीय संसद् भवनमा बस्न लागेको हो ।

बैठकमा आगामी सोमबारदेखि सुरु हुने हिउँदे अधिवेशनमा कसरी प्रस्तुत हुने भन्नेबारे छलफल हुने प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

संसदमा जतिसक्दो धेरै विधेयक प्रस्तुत गर्ने र त्यसलाई अगाडि बढाउनका लागि पार्टीका तर्फबाट सांसदले निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा छलफल गरिने उनले बताए।

बजेट अधिवेशनसमेत भनिने हिउँदे अधिवेशन सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले माघ २२ गते अपराह्न ४ बजे आह्वान गरेका छन्।