साहसी एवम् निडर पत्रकार रामशरण काफ्ले सम्मानित

काठमाडौं। ल्होछारको अवसरमा साहसी एवम् निडर पत्रकार तथा प्रधानसम्पादक रामशरण काफ्ले सम्मानित भएका छन्। 
“दाङबोला ग्युई ठिम तामाङ” संघको आयोजनामा आज (शनिबार) बौद्धको जोरपाटीमा तामाङ समुदायको चाडपर्व ल्होछारको शुभकामना तथा बृहत् साँस्कृतिक कार्यक्रम आयोजना सम्पन्न गरिएको छ।

उक्त कार्यक्रममा काभ्रे र काठमाडौं उपत्यकामा लामो समय देखि स्वतन्त्र पत्रकारीता गर्दै आएका एक हुनोहार पत्रकार रामशरण काफ्लेलाई भव्य सम्मान गरिएको थियो।

काभ्रेपलाञ्चोक जिल्ला चौरीदेउराली गाउँपालिका वडा नं २ मा जन्मिएका पत्रकार काफ्लेलाई निडर,साहसिक एवम् वरिष्ठ पत्रकारको रुपमा सम्मान गरिएकाे आयोजकले जनाएको छ।

त्यस्तै काभ्रेपलान्चोक जिल्लाकै विकास,समृद्धिकाे बारेमा सोच्ने निडर पत्रकार भएकाले ल्हाेछारकाे अवसरमा उहाँलाइ सम्मानित गर्दा खुशी लागेकाे संघका अध्यक्ष निक्मार तामाङले बताएका छन्। त्यसैगरी तामाङ र बौद्ध धर्मका बारे कलम चलाई रहनु भएकाले उहाँलाई स-सम्मान पत्रकारीता पुरस्कार दिईएको अध्यक्ष तामाङले बताए।

गोकर्णेश्वर नगरपालिकाको सहकार्यमा आज (शनिबार) नयाँबस्तीस्थित एक होटलमा लोल्छारको अवसरमा शुभकामना तथा बृहत सांस्कृतिक कार्यक्रम गरिएको संघका अध्यक्ष निक्मार तामाङले जानकारी दिएका छन।

आजको उक्त कार्यक्रममा बागमती प्रदेशका खानेपानी,उर्जा तथा सिंचाई मन्त्री तीर्थ लामाका साथै काभ्रेका विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो।

विगतका वर्षहरूमा गर्दै आएको साँस्कृतिक कार्यक्रमलाई यस वर्ष पनि ल्होछारक‍ो अवसरमा शुभकामना तथा साँस्कृतिक कार्यक्रमलाई निरन्तरता अध्यक्ष निक्मार तामाङले बताए। हिमालयन महायानी बौद्धधर्मावलम्बीहरूको महान तिथि छ्युटुल,दुईचेन तथा ल्होछारको अवसरमा “हाम्रो संस्कृति हाम्रो परम्परा” भन्ने मुल नाराका साथ कार्यक्रम आयोजना गरिएको थियो।

यसरी ल्होछार पर्व मनाउदाँ सबै जातजातीहरुको संस्कार संस्कृतिको संरक्षण तथा प्रबर्दन हुने भएकाले यस्ता किसिमको कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ।

पर्यटनको प्रवर्द्धन, स्थानीय तामाङ संस्कार संस्कृति,भाषा,भेषभुषा र कलाको संरक्षणमा टेवा पुर्‍याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको संघका अध्यक्ष तामाङले बताएका छन्।

समाजसेवी टेकराज तामाङ र नृत्यकार करिना तामाङले संचालन गर्ने कार्यक्रममा अतिथि कलाकार सुनिला तामाङ, वरिष्ठ गायक विजय लामा, वरिष्ठ गायिका मिना लामा,चलचित्रकार आशमान तामाङ,गायिका मिनाश्री लुंगेली मगर,जुवारी गायीका सुनिता बल, पोङ्दिला च्याङ्बा,मेन्दोमाया गायक रोशन फ्यूबा तामाङ, सेलो गायिका लक्ष्मी तामाङ,सेलो गायक देवलाल मोक्तान, बिसाल योञ्जन, दोहोरी गायिका सरिता लामा, गायक सागर गुरुङ, निश्चल योञ्जन, गायिका कमला थापा, प्रमिला मोक्तान, मोडल मञ्जिरा घलेले कार्यक्रममा मनोरन्जन दिएका थिए।