१४ औं बाजुरा जिल्ला स्तरीय रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न

बाजुरा। १४ औं बाजुरा जिल्ला स्तरीय रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० सम्पन्न भएकाेछ। बाजुरा जिल्ला भरिका ९ ओटा स्थानीय तहका खेलाडीहरु सहभागी भएकाे राष्ट्रपति रनिङ शिल्डमा १३ पटककाे रेकर्ड ब्रेक भएकाे छ।

बाजुरा जिल्लामा राष्ट्रपति रनिङ शिल्ड शुरु भएदेखि १३ बर्षसम्म बडिमालिका नगरपालिकाले कब्जा जमाएर विजयी शिल्ड उचाल्दै आएकाेमा याे पटक बडिमालिका नगरपालिकाकाे विजयी यात्रामा पूर्णविराम लगाउँदै बुढीनन्दा नगरपालिकाले याे पटक आफ्नाे पाेल्टामा जीत निकालेकाे छ।

बुढीनन्दा नगरपालिकाले आफ्नाे फिल्डमा शिल्ड उचालेकाे हाे। जिल्ला खेलकुद विकास समितिकाे आयाेजना र सहआयाेजकमा बुढीनन्दा नगरपालिका रहेकाे राष्टपति रनिङ शिल्ड माघ १५ गतेदेखि २१ गतेसम्म संचालन भएकाे हाे।

१३ बर्षसम्मकाे रेकर्ड ब्रेक गरेर पहिलाे पटक बुढीनन्दा नगरपालिकाले शिल्ड उचाल्दा आफु धेरै खुशी भएकाे र विशेषगरि खेलाडी,प्रशिक्षक र व्यवस्थापकलाई विशेष धन्यवाद सहित बधाईका पात्र भएकाे बुढीनन्दाका नगर प्रमुख जनक कुमार बाेहराले बताउनु भएकाेछ।

बुढीनन्दाले विजयी शिल्ड उचाल्दा खेलाडीहरुलाई बाजागाजाका साथ बजार परिक्रमा गरेर खुशीयाली मनाईएकाे थियाे। ९ वटै पालिकाले प्राप्त गरेका पदक तालिका : १३ बर्षकाे रेकर्ड ताेडेर शिल्ड उचाल्दा धेरै खुशी भयकाे र आगामी बर्षमा पनि विजयी यात्रामानिरन्तरता दिनेम लागि पर्ने कुरा मुख्य खेल प्रशिक्षक हिमाल खड्काले बताएका छन।

क्र.स स्थानीय तह स्वर्ण रजत काश्य

१.बुढीनन्दा नगरपालिका – १८ २१ ३
२.बडिमालिका नगरपालिक १८ १४ ६
३.खप्तड छेडेदह गाउँपालिका ८ १४ ४
४.बुढीगंगा नगरपालिका – ७ १ ३
५.त्रिवेणी नगरपालिका – २ ८ ६
६.स्वामिकार्तिक खापर गाउँपालिका – ६ २ ४
७.गाैमुल गाउँपालिका – ४ ३ ०
८.जगन्नाथ गाउँपालिका – २ २ ४
९.हिमाली गाउँपालिका – ० ० १

-सर्पलाल गिरी – रेडियाे शिम्भुनाथ