कर्णाली प्रदेश लोक सेवा आयोगले माग्यो विभिन्न पदका लागि आवेदन

काठमाडौं। लोक सेवा आयोग कर्णाली प्रदेशले विभिन्न पदका लागि आवेदन माग गरेको छ। प्रदेश लोक सेवा आयोगले एक सूचना जारी गर्दै स्थानीय सरकारी सेवाका विभिन्न सेवा, समूहका प्राविधिकतर्फ पाँचौं तहका लागि दरखास्त आह्वान गरेको हो।

योग्यता पुगेका उम्मेदवारहरूले फागुन १४ गतेसम्म र दोब्बर दस्तुर तिरेर २१ गतेसम्म अनलाइन प्रणालीमार्फत आवेदन दिन सकिने सूचनामा उल्लेख छ।