अध्यागमन अधिकृतमाथि हातपात गर्ने तीन प्रहरीलाई रानीपोखरी तानियो

काठमाडौं। विमानस्थलको अध्यागमनका अधिकृतमाथि हातपात गर्ने असईसहित तीन प्रहरी कर्मचारीलाई त्यहाँबाट सरुवा गरिएको छ।

असई सञ्जय तामाङ र दुईजना सिपाहीलाई महानगरीय प्रहरी कार्यालय रानीपोखरी सुरुवा गरिएको हो। उनीहरुलाई कारबाहीस्वरुप रानीपोखरी तानिएको हो।

यसअघि अध्यागमन अधिकृत छायालाल मोक्तानमाथि हातपात भएपछि गृह मन्त्रालयले छानबिन समिति गठन गरेको थियो। सहसचिव थानेश्वर न्यौपाने संयोजकत्वको समितिले असई तामाङलाई निलम्बन गर्न सिफारिस गरेको थियो।

उक्त सिफारिसपछि असन्तुष्ट जनाउँदै त्रिभुवन विमानस्थल प्रहरी प्रमुख अर्जुन चन्दले राजीनामा बुझाएका थिए।

प्रहरी प्रधान कार्यालयसँग छलफल भएपछि उनी राजीनामा फिर्ता लिएर काममा फर्किएका छन्।