सञ्चालककै बदमासीले हाम्रो सहयोग सहकारी धराशायी,बचतकर्ताको बेहाल

काठमाडौं। सञ्चालकले सर्वसाधारणको पैसा आफूखुसी चलाउँदा हाम्रो सहयोग बचत तथ ऋण सहकारी संस्था लिमिटेडमा संकट निम्तिएको छ।
सञ्चालकले आफ्नै सम्पत्ति जस्तोगरी सहकारीको पैसा चलाउने,साँवा तथा ब्याज नतिर्ने गरेकाले पछिल्लो समयमा बिकराल समस्या आइरहेको छ। सञ्चालककै बदमासीले हाम्रो सहयोग बचत तथ ऋण सहकारी संस्था लिमिटेड धराशायी बन्दै गएकाे हाे।  

फितलो नियमनका कारण हाम्रो सहयोग सहकारी संस्थाका सञ्चालकले सहकारीलाई प्राइभेट कम्पनीका रुपमा चलाएको सहकारी पीडितहरूले बताउने गरेका छन्।पीडितहरूका अनुसार हाम्रो सहयोग सहकारीले कमिसन लिएर ऋण दिने गरेको समेत खुलासा गरेका छन्।

वितिय तरलताका कारण देशभरका सहकारीहरु एकपछि अर्को गर्दै संकटमा परिरहेको अवस्थामा केही सहकारी भने बिना धितो लगानी गर्दा संकटमा फसेका हुन।

यस्तै भईरहेको छ काठमाडौंंको असनमा रहेको हाम्रो सहयोग बचत तथ ऋण सहकारी संस्था लिमिटेडमा हाल काठमाडौको मुटु असनमा सञ्चालित सो सहकारीका बचतकर्ताहरु आफुले खाई-नखाई जम्मा गरेको बचत रकम फिर्ता लिन दिनहुँ धाएपनी सञ्चालकहरु सहकारीको ढोका लगाई सम्पर्कमा नरहेको बचतकर्ताहरुको गुनासो छ।

उक्त सहकारीका सञ्चालकहरु बचपन श्रेष्ठ र सविन राजउपाध्यायले सहकारीको ऐननियम विपरीत कार्यक्षेत्र भन्दा बाहिर गई जथाभावी लगानी गर्नाले हाल सहकारी टाटपल्टी बचतकर्ताहरुलाई बचत फिर्ता गर्न नसेको सो सहकारीका एक सञ्चालक बताउँछन।

असन केलटोलका श्रेष्ठ थरका एक बचतकर्ता भन्छिन् ” सहकारीका सञ्चालक सबिन राजउपाध्यायले आफ्नै घरमा सहकारीको अफिस सञ्चालन गरि बचतकर्ताहरुलाई बढी व्याजसमेत दिने प्रलोभन देखाई छोटो समयमै करोडौं रुपैया उठाए अनि अहिले सहकारीको बोर्ड समेत निकालेर बेपत्ता भएका छन।

सहकारीकै एक पुर्वकर्मचारीका अनुसार सहकारीका तत्कालीन अध्यक्ष बचपन श्रेष्ठले चर्को व्याजमा विगत दशवर्ष अगाडि विनाधितो करोडौं लगानी गरेका थिए भने सो रकम हाल सम्म उठेको छैन।