नेपाल प्रहरीका ७८ जना एसपीको सरुवा,२३ जिल्लाका प्रमुख फेरिए,को कहाँ पुगे (सूचीसहित)

काठमाडौं । गृहमन्त्रालयले ठूलो मात्रमा प्रहरी उपरीक्षक सरुवा गरेको छ। गृह मन्त्रालयले नेपाल प्रहरीका उच्च तहका प्रहरी सरुवा गरेको हो। गृहले ७८ जना प्रहरी उपरीक्षकलाई सरुवा गरेको हो। सरुवा हुनेमा २३ जिल्लाका इन्चार्जहरु रहेका छन्।

सर्लाहीमा कार्यरत प्रहरी उपरीक्षक प्रवीण धिताललाई जिल्ला प्रहरी कार्यालय बर्दियामा सरुवा गरिएको छ। त्यस्तै, सर्लाहीमा दयानिधि ज्ञवालीलाई सरुवा गरिएको छ। सन्तोष खड्का सिन्धुपाल्चोकमा सरुवा भएका छन्।

त्यस्तै, नवराज कार्कीलाई मोरङ पुगेका छन भने तनहुँमा अपिलराज बोहरालाई सरुवा गरिएको छ। त्यस्तै, पर्सामा कुमोध ढुंगेल, धादिङमा गौतम कुमार केसी, कैलालीमा पदम बहादुर विष्टलाई सरुवा गरिएको गृहमन्त्रालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

त्यस्तै, काभ्रेपलाञ्चोकमा वसुन्धरा खड्का सिन्धुलीमा विनोद शर्मा, चितवनमा भावेष रिमाललाई पठाइएको छ । त्यस्तै, झापामा मिलन केसी, रुपन्देहीमा रञ्जित सिंह राठौर, महोत्तरीमा श्याम कुमार राईलाई सरुवा गरिएको छ।