साफ यू-१६ महिला च्याम्पियनसिप: नेपालको टिम घोषणा

काठमाडौं । साफ यू-१६ महिला च्याम्पियनसिपका लागि नेपालको टिम घोषणा भएको छ। आइतबार अखिल नेपाल फुटबल संघ एन्फाले अन्तिम २३ को नामावली सार्वजनिक गरेको हो।

नेपालमै आयोजना हुने यस प्रतियोगितामा नेपालसहित भुटान,बंगलादेश र भारत सहभागी हुनेछन्। आयोजक टिम नेपाल २०२२ को संस्करणको विजेता टिम हो।

राउण्ड रोबिन लिगपछि शीर्ष २ टिमले फाइनल खेल्ने छन्। प्रतियोगिता फागुन १८ देखि २७ गतेसम्म च्यासल रंगशालामा हुनेछ।

नेपाली टिम

गोलकिपर:झरना डुम्राकोटी,सुनिता स्याङ्तान र लक्ष्मी ओली

डिफेन्डर : दिक्षा रायमाझी,रेजिना लामा, मिना चन्द,कृष्टिना तामाङ, अन्शु विक, मिन माया श्रेष्ठ ,एलिजा विक र ग्यान्सु डोल्मा

मिडफिल्डर: भूमिका बुढाथोकी, आशिका कार्की, बबिता कार्की, आयुषा रेउले, डिकीकुमारी स्याङ्बो तामाङ, आयुषा गुरुङ,रविना विक र सबिना तामाङ

फरवार्ड :पूजा गिरी, अनिता राना मगर, यामकुमारी विक र पूर्णिमा थारु।