सुदूरपश्चिमका जिल्ला सभापतिहरूसँग शेखरले गरे छलफल

काठमाडौं। पार्टीको महासमिति बैठक सुरू हुनु अघि नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सुदूरपश्चिम प्रदेशका जिल्ला सभापतिहरूसँग छलफल गरेका छन्।

कोइरालाको सचिवालय बालुवाटारमा भएको छलफलमा समसामयिक राजीतिक घटनाक्रम,महासमिति बैठक लगायत विषयमा छलफल गरेको उनको सचिवालयले जानकारी दियो।

छलफलमा अछामका पुष्प शाह,कञ्चनपुरका पदम बोगटी, बैतडीका चतुरबहादुर चन्द, डडेलधुराका भीम साउद, बाजुराका रामसिंह रावल, बझाङका खड्ग बोहोरा, डोटीका नरेन्द्रसिंह थापा र युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बू सहभागी थिए।

कोइराला महासमिति बैठकमा पार्टी उपसभापति तथा महामन्त्रीहरूले पेश गर्ने राजनीतिक दस्तावेजहरूसँग सन्तुष्ट छैनन्।कांग्रेसको महासमिति बैठक आजदेखि ललितपुरको गोदावरीमा सुरू हुँदैछ।