एसपी कार्की जिल्ला प्रहरी कार्यालय मोरङको जम्मेवारी सम्हाल्दै

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत एवम प्रशासन विभाग कर्मचारी प्रशासन शाखाको पत्रले जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यालय प्रमुखको रूपमा सरूवा भएका प्रहरी उपरीक्षक (एसपी) नवराज कार्कीले आज जिल्ला प्रहरी कार्यालय मोरङको जिम्मेवारी सम्हालेका छन्।

नेपाल प्रहरी संगठनकै अब्बल एसपी कार्कीले जिल्ला प्रहरी कार्यालय मोरङको कमाण्ड सम्हाले लगत्तै राजनीतिक आडमा जिल्लाबाट हुने तस्करी र अपराधजन्य कार्यमा लागेका केही झुन्डहरुको आजैबाट निदहराम हुने सोर्त बताँउछ।

यस्तै एसपी कार्कीले मोरङमा कमाण्ड गरेपछि सो जिल्लालाई आधार ईलाका बनाई चोरी,डकैती,गुण्डागर्दी गर्नेहरुको समेत निदहराम भएको सोर्तको दाबी छ।

मोरङ प्रहरी कार्यालय प्रमुखको रुपमा सरुवा भएका एसपी कार्कीले पदभार ग्रहण पश्चात उपस्थित प्रहरी कर्मचारीहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन समेत दिएका छन।