समाज सेवाको नाममा रकम उठाई भ्रष्टाचार गर्नेको सम्पत्ति सरकारले कहिले छानबिन गर्ने ?

चर्चित हास्य कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ को सम्पत्ति छानबिनका लागि अहिले सर्वसाधारण जनता सरकारसमक्ष माग गर्छन्। त्यस्तै, इन्द्रेणीका सञ्चालक कृष्ण कडेँलको पनि सम्पत्ति छानबिनका लागि जनताले आवाज उठाइसकेका छन्।

समाज सेवा गर्ने वा क्रिकेट रंगशाला बनाउने भन्दै धुर्मुस–सुन्तली फाउण्डेसन खोलियो। कडेँलले पनि गरिब,असहय,आर्थिक अवस्था नाजुक भएका,दुखी,पीडितलाई सहयोग गर्ने बताउँदै इन्द्रेणी खोलेका हुन्। उनीहरुको यो कार्य देखेर देश–विदेशका जनता आकर्षिक भए। र, विभिन्न ठाउँमा रहेपनि सहयोगको हात अघि बढाए।

धुर्मुस–सुन्तली फाउण्डेसन र इन्द्रेणीलाई धेरैले आर्थिक सहयोग गरेका छन्। बुढाबुढीहरुले आफ्नो वृद्धाभत्ता समेत दिएका छन्। बालबालिकाहरुले आफ्नो खाजा खर्च जोगाएर सहयोग गरेका छन्। अम नागरिकले आफ्नो तलब समेत सहयोग गरेका छन्।

तर, सर्वसाधारणबाट उठाइएको रकम यीनीहरुले सही ठाउँमा लगानी गरे कि भ्रष्टाचार गरे भनेर अहिले जनता जान्न चाहन्छन्। समाज सेवा गर्ने भन्दै यीनीहरुले रकम संकलन गरेका हुन्। यद्यपि, उनीहरुले साँच्चिकै त्यो रकमले दुःखी, पीडितलाई सहयोग गरे कि व्यक्तिगत सम्पत्ति मात्र जोडे भनेर अब सरकारले छानबिन गर्नेपर्छ।

यदि साँच्चिकै त्यो रकमले समाज सेवा गरेका छन् भने जनता र सरकारले पनि उनीहरुको सम्मान गर्नुपर्छ। धुर्मुस–सुन्तली फाउण्डेसन र इन्द्रेणीलाई जनताले अर्बो सहयोग गरिसकेका छन्। एकै व्यक्तिले दश हजारदेखि लाखसम्म सहयोग गरेको पाइन्छ। त्यसैले, सर्वसाधारणबाट यसरी उठाइएको रकमको अब खोजतलास गरिनुपर्छ।

अहिले बजारमा सुनिन्छ कि धुर्मुस–सुन्तली र कृष्ण कडेलले समाज सेवा गर्ने भन्दै जनताबाट उठाएको रकम आफन्तको खातामा राखेका छन्। सरकारी कर्मचारीले एक हजार रुपैयाँ घुस खाएपनि उसलाई भ्रष्टाचार मुद्दा लाग्छ। जेल लाग्नुपर्छ। र, उसको जागिर पनि जान्छ।

धुमुर्स–सुन्तलीले रंगशाला बनाउने र कृष्ण कडेलले दुखी,पीडितलाई सहयोग गर्ने नाममा लाखौं जनताबाट अर्बो रकम उठाएका छन्।

कडेलजस्तो अहिले अन्य कलाकारले पीडितहरुलाई सहयोग गर्ने भन्दै देश–विदेशबाट पैसा उठाएर ठगी गर्ने क्रम बढ्दो छ। अभिनेत्री स्वेता खड्काले समाज सेवाको नाममा सिन्धुपाल्चोकको सिंगो माझी बस्ती नै जोखिममा पारेकी छन्।

समाज सेवा गर्ने भन्दै लक्ष्मी सनराइज बैंकबाट उनले ऋण त लिइन्। तर, माझी बस्ती धितो राखेर। अहिले किस्ता तिर्न नसकेपछि बैंकले माझी बस्ती लिलामीको प्रक्रिया अघि बढाउँदा अदालतले रोकेको छ। कुनै पनि व्यक्तिको सम्पत्ति सरकारले छानबिन गर्न पाउँछ।

झन् उनीहरु त सार्वजनिक वा निजी संघसंस्थाका सञ्चालक हुन्। क्रिकेट रंगशाला बनाउने नाममा धुर्मुस–सुन्तली फाउण्डेसनले जनताबाट खर्बो रकम उठायो। बिडम्वना, रंगशाला अलपत्र छ । यता, कृष्ण कडेंलले समाज सेवको नाममा विगत पन्ध्र वर्षदेखि सर्वसाधारणबाट रकम उठाइरहेका छन्।

त्यसकारण त्यो रकमको यीनीहरुले के गरे ? भनेर अब सरकारले छानबिन गर्नुपर्ने जनता नै माग गर्छन्। कुनै पनिव्यक्तिले विदेश पठाइदिने भनी २० हजार रुपैयाँ ठगेमा पनि प्रहरीले उसलाई समात्छ। र, ठगीसम्बन्धी कसुरमा मुद्दा चलाई जेल पठाइन्छ। त्यस्तै, सापटी रकम पनि समयमै तिर्न नसक्दा ठगी आरोपमै समातिन्छ।

धुर्मुस–सुन्तली र कृष्ण कडेँलले समाज सेवाको नाममा लाखौं जनताबाट खर्बो रकम उठाउँदा चाँहि सरकार चासो दिदैंन । यीनीहरुले उठाएको रकम कहाँ गयो ? भनेर अहिलेसम्म सरकारले छानबिन गरेको छैन। सरकारका निकायहरु मौन छन्।र, किन ?

सर्वसाधारण जनता, सञ्चारकर्मी र सरकारले थाहा पाएन धुमुर्स–सुन्तली र कडेँलको ठगीधन्दा । धुर्मुस–सुन्तलीले रंगशाला बनाउन नसकेपछि अहिले सरकार आफैंले त्यो बनाउन थालेको छ। कडेँल देश–विदेशबाट मासिक करोडौं रकम उठाउँछन्। तर, दश जना पीडित ल्याएर पाँच–पाँच हजार बाँड्छन्।

बाँकी रकम झवाम पार्छन्। देशमा सरकार छ। यद्यपि, कुनै पनि व्यक्ति वा संस्थाले मागेर वा रकम उठाएर न विकास हुन्छ न गरिबी हट्छ। मुलुकको विकास र गरिबी न्यूनीकरण गर्न सरकारको महत्त्वपूर्ण भूमिका हुन्छ । सरकार बिना कुनै पनि कामले गतिशिलता पाउँदैन।

हाम्रो देशमा सरकार छ। तर, सरकारमा बसेकाहरु गतिलो नहुँदा यो अवस्था आएको हो । त्यसकै फाइदा उठाएर कतिपय व्यक्ति तथा संस्थाले समाज सेवाको नाममा लुटधन्दा मच्चाएको पाइन्छ।

दुःखी, पीडितलाई सहयोग गर्ने र सरकारले गर्न नसकेको काम आफुहरुले गर्ने दाबी गरी रकम उठाई भ्रष्टाचार गर्ने र पछि विभिन्न बहाना बनाई योजना अलपत्र पार्ने काम भइरहेका छन्।

अहिले पूर्व सरकारी कर्मचारी समेत समाज सेवामा लागेका छन्। तर, उनीहरुले साँच्चिकै समाज सेवा गरेका छन् कि आफ्नो भुँडी मात्र भरेका छन् ? भनेर सरकारले छानबिन गर्न आवश्यक छ।

विदेशमा अलपत्र परेका नेपाली नागरिकलाई स्वदेश फर्काएर रवि लामिछानेले चर्चा कमाए। सरकारले गर्न नसकेको काम आफुले गरेको दाबी गर्दै जनताको मन जिति उनी सांसद बनेका छन्। अहिले उनीमाथि सहकारी ठगीको आरोप छ। त्यस्तै, ज्ञानेन्द्र शाही पनि सामाजिक अभियन्ता हुन्।

समाज सेवा गर्ने भन्दै अभियन्ता बनेका शाहीले अरु केही गरे–नगरे पनि आफुलाई पुग्ने सम्पत्ति जोडिसकेका छन्। उनी पनि अभियन्ताबाट चर्चा कमाएर सांसद बनेका हुन्।

अब सरकारले यीनीहरुको पनि सम्पत्ति छानबिन गर्नुपर्छ। सहयोग थोरै गरी चर्चा धेरै गराउने अनि भ्रष्टाचार गर्नेहरुलाई कानूनको दायरामा ल्याउनैपर्छ।

धर्मगुरु रामबहादुर बम्जनलाई सरकारले पक्राउ गरिसकेको छ। उनको खर्बो सम्पत्ति रहेको पाइएको छ। उनले धर्मको नाममा जनताबाट रकम उठाई ठगी गरेका हुन्। भक्तपुरको सिर्जनानगरमा पनि माताको नाममा ठगीधन्दा चलेको छ। यसतर्फ पनि सरकारले ध्यान दिनुपर्छ।

देशको भूभाग सुरक्षा गर्नु सरकारको दायित्व हो। आफ्नो देशमा जन्मिएको नागरिकलाई शिक्षा, स्वास्थ्य, रोजगारीलगायत विभिन्न सेवा सुविधा उपलब्ध गराउनु पनि सरकारकै दायित्व हो। कर उठाएर, विदेशीबाट अनुदान वा ऋण लिएर देश विकास गर्नु पनि सरकारकै दायित्व हो।

महिलाले शिशु जन्माएपछि उसमा अभिभावकका भन्दा बढी अधिकार सरकारको हुन्छ। तर, सरकारले केही गर्न नसकेको भन्दै धुर्मुस–सुन्तली र कृष्ण कडेँलजस्ता व्यक्तिले जनता ठगेका छन्। देशमा आर्मी छ, प्रहरी छ, सशस्त्र छ। शिक्षा, स्वास्थ्यका लागि पनि सरकारका निकायहरु छन्।

गरिब, असहय, दुखीलाई निःशुल्क शिक्षा वा स्वास्थ्य सेवा उपलब्ध गराएको छ, सरकारले। तर, यसलाई ओझेलमा पारेर सरकारले केही गर्न नसक्ने भ्रम फैलाई समाज सेवाको नाममा धुर्मुस–सुन्तली र कृष्ण कडेलजस्ता व्यक्तिहरुले जनतालाई लुट्नु लुटेका छन्।

धुर्मुस–सुन्तली गरिब परिवारमा जन्मिएका साधारण कलाकार हुन्। कडेल पनि नेपाली सेनाका पूर्वकर्मचारी हुन्। यद्यपि, आज उनीहरुसँग अर्बोको सम्पत्ति छ।

यत्रो सम्पत्ति यीनीहरुले कसरी जोडे ? यसबारे सरकारले छानबिन गर्नेपर्छ। अब सर्वसाधारण जनताले पनि बुझ्रदैनबुझी कसैलाई सहयोग गर्नुहुन्न । किनकि व्यक्ति वा संस्थाले गर्दा देश विकास हुदैंन। देश विकासका लागि सरकार लाग्नुपर्छ।