युट्यूबर मनोज मानव पुर्पक्षका लागि थुनामा

काठमाडौं । समाजिक सञ्जाल युट्यूबरमार्फत चरित्र हत्या गरेको आरोपमा पक्राउ परेका युट्यूबर मनोज मानव भनेर चिनिने मनोज कुमार महतोलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।

विद्युतीय अपराध ऐन विपरीतको कसूर गरेको आरोपमा १६ माघमा पक्राउ परेका उनलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दएिको साइबर ब्यूरोका एसपी पशुपति रायले बताए।

सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको जाहेरी परेपछि अनुसन्धानका लागि उनी पक्राउ परेका थिए । यसअघि महतो साइबर अपराधको कसूरमा पक्राउ परेर धरौटीमा छुटेका थिए।