राष्ट्रियसभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने भएको संसद सचिवालयले जानकारी दिएको छ।

बैठकमा बिधायन ब्यवस्थापन समितिका सभापति जयन्ती देवी राइले स्थानिय तहको कानुन निर्माण प्रक्रिया एवम अभ्यास सबन्धमा स्थलगत अध्ययन, अनुगमन एवम अन्तरक्रिया कार्यक्रमको प्रतिवेदन, २०८० सभा समक्ष पेश हुनेछ।

साथै, आगामी आर्थिक बर्ष २०८१÷८२ का लागि बिनियोजन बिधेयकका सिद्दान्त र प्राथमिकता माथी सभामा छलफल हुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।