साफ यू-१६ महिला फुटबलमा आज नेपाल र भुटानबीच भिड्दै

काठमाडौं । जारी साफ यू-१६ महिला फुटबल प्रतियोगिता अन्तर्गत आज नेपालले भुटानको सामना गर्दै छ।

ललितपुरस्थित च्यासल मैदानमा यो खेल अपराह्न ३ बजेदेखि शुरु हुने छ। यस अघि सम्पन्न आ-आफ्नो पहिलो खेलमा नेपाल र भुटानले हर बेहोरेका छन्।

भुटानले प्रतियोगिताको पहिलो खेलमा भारतसँग ७-० को हार बेहोरेको थियो भने नेपालले बंगलादेशसँग २-० को हार बेहोरेको थियो।

यस प्रतियोगितामा नेपाल र भुटानसहित भारत र बंगलादेशगरि चार देशले भाग लिएका छन्।

प्रतियोगितामा मंगलबार भारत र बंगलादेश खेल्दै छन् भने बिहिबार नेपाल र भारत तथा शुक्रबार बंगलादेश र भुटान खेल्ने तालिका रहेको छ।

त्यसपछि शीर्ष २ देशले आइतबार फाइनल खेल्ने तालिका रहेको छ।