भत्कियो गठबन्धन, एमाले, माओवादी र रास्वपाको सरकार बन्ने

फाइल तस्बिर

काठमाडौं । सत्ता गठबन्धन भत्किएको छ। नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेका अनुसार, आजै मन्त्रिपरिषद् समेत पुनर्गठन हुँदैछ।

एमालेका नेता पाण्डेले सोमबार बिहान फेसबुकमा स्टाटस लेख्दै यस्तो दावी गरेका हुन्। उनले लेखेका छन्,आजै सरकार परिवर्तन र नयाँ मन्त्रिपरिषद बन्दै। सानो मन्त्री मण्डलले आज सपथ लिनेछ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा एमालेसहित रास्वपा, राप्रपा र जसपा सहभागी हुने छन्। अरु दलहरुसँग पनि कुरा हुँदै गरेको नेताहरुले बताएका छन्।

आइतबार रातिसम्म चलेको बैठकमा जुटेको सहमति अनुसार माओवादी केन्द्रले नेपाली कांग्रेससँगको सहकार्य तोड्ने भएको हो। यद्यपि, एकपटक प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति देउवासँग आज कुरा गर्ने स्रोतले बताएको छ।

पुरानै गठबन्धन फर्काउने सहमति राति जुटेछि बिहान नै बालकोटमा एमाले र बालुवाटारमा माओवादी केन्द्रको सचिवालय बैठक बसेको थियो।

एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले सामाजिक सञ्जाल ट्विटरमा स्ट्यास लेख्दै आज आजै सानो आकारको मन्त्रीमण्डल बन्ने जानकारी गराएका हुन्। बालुवाटारमा जारी पदाधिकारी बैठकबाट एक नेताले पनि सेतोपाटीसँग यही कुरा पुष्टि गरेका छन्।

गएराति अबेरसम्म प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, रास्वपा सभापति रवि लामिछाने र जसपा अध्यक्ष उपेन्द्र यादवबीच भएको छलफलमा सत्ता गठबन्धन परिवर्तनबारे कुराकानी र सहमति भएको थियो।

विहान सबै दलले आआफ्नो पार्टीको आन्तरिक छलफलमा गएरातिको सहमतिबारे ब्रिफिङ गरेका थिए। ‘गएराति अध्यक्षहरूको छलफलमा संक्रमणकालीन न्याय सम्बन्धी विधेयकलाई अगाडि बढाउने र सत्ता गठबन्धन पनि परिवर्तन गर्नेबारेमा छलफल भएको थियो,’ माओवादीका एक नेताले भने,‘त्यसले आजै मुर्त रूप लिँदैछ।