तीन मन्त्रीले लिए शपथ

काठमाडौं। सत्ता समीकरण फेरिएसँगै प्रधानमन्त्री पुष्पकमल दाहालले पुनर्गठन गरेको मन्त्रीमण्डलमा तीन जना नयाँ मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

सोमबार साँझ राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा एमालेका पदम गिरी,नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीका डीपी अर्यालले शपथ लिएका हुन्।

नेकपा एमाले,नेकपा माओवादी केन्द्र,राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच नयाँ सत्ता समीकरण बनाउने सहमति भएको थियो।

त्यस अनुसार प्रधानमन्त्रीले नयाँ समीकरणमा रहेका दलमध्ये जसपाबाहेक अरु दलको एक एक जना सहभागी मन्त्रिपरिषद गठन गरेका हुन्।