त्रिशूलीमा बस खस्दा ६ जनाको मृत्यु

काठमाडौं । धादिङ गजुरीस्थित गलौदीमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको बस त्रिशूलीमा खस्दा ६ जनाको मृत्यु भएको गजुरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मदन कुँवरले जानकारी दिए ।

हालसम्म बसमा ४० जना यात्रु फेला परेको र धेरैको सकुशल उद्धार गरिएको डीएसपी कुँवरले बताए ।

उद्धार कार्य जारी रहेको र थप विवरण आउन बाँकी रहेको उनले बताए । उद्धार गरिएकाहरूलाई नजिकैका स्वास्थ्य संस्थामा उपचारका लागि पठाइएको उनले बताए।

दुर्घटनास्थलमा सशस्त्र प्रहरीको गोताखोर टोलीले उद्धारका गरिरहेको छ।