त्रिशुली बस दुर्घटना: मृतकको संख्या ७ पुग्यो, १० जना गम्भीर घाइते

धादिङ। रिशूली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या सात पुगेको छ। रूपन्देहीबाट काठमाडौं आउँदै गरेको सिद्धार्थ यातायातको लु २ ख २१२१ नम्बरको बस बिहान पौने पाँच बजे धादिङको गजुरी गाउँपालिका-५ घाटबेशीस्थित सडकबाट त्रिशूली नदीमा खसेको थियो।

दुर्घटनामा ३५ जना घाइते भएको हाम्रा धादिङ संवाददाता शिव शिलवालले जनाएका छन्। १० जना गम्भीर घाइतेलाई उपचारका लागि काठमाडौ ल्याइएको छ भने केही घाइतेहरूको चितवन र स्थानीय अस्पतालमा उपचार भइरहेको छ। बसमा ४२ जना रहेको प्रारम्भिक विवरण प्राप्त भएको छ।

बस चालक लुम्बिनी संस्कृति नगरपालिका-९ का हरि राम रहेको र उनलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

बसमा कति यात्रु सवार थिए भन्नेबारे अझै यकिन नभएको र मृतकहरूको सनाखत नभएको प्रहरीले बताएको छ। दुर्घटनास्थलमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीसहित उद्धारकर्मी खटिएका छन्।