दुई जना मृत अवस्थामा फेला

सांकेतिक तस्वीर

काठमाडौं। दुई जना मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार झापाको हल्दीवारी गाउँपालिका-२ दुखीया टोल बस्ने ४० वर्षीय प्रकाश हस्दा आफ्नै घरमा आज मृत अवस्थामा फेला परेका छन्।

उता प्युठानको मल्लरानी गाउँपालिका-३ चोरपानी बस्ने ३४ वर्षीय बिष्णु पोख्रेल ऐरावती गाउँपालिका-६ पातलास्थित हरियाली सामुदायिक वनमा शनिबार मृत अवस्थामा फेला परेका छन्।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।