उपनिर्वाचनका लागि २० दल दर्ता (सूचीसहित)

काठमाडौं। आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि इलाम–१ मा २० दल दर्ता भएका छन्।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सोमबार विज्ञप्ति जारी गर्दै उपनिर्वाचनका लागि २० दल दर्ता भएको जानकारी दिएका हुन्।

उनले राजनीतिक दल सम्बन्धी नियमावली बमोजिम निर्वाचन प्रयोजनको लागि दर्ता गरिएको र यसरी दर्ता भएका राजनीतिक दलहरुलाई निर्वाचन चिह्न प्रदान गरी निर्वाचन चिह्नको क्रम निर्धारण समेत गरिएको जानकारी दिए ।