टी-२० सिरिज: आयरल्यान्ड र भारतसँग खेल्ने नेपाली टोली घोषणा

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले आगामी दुई टी–२० सिरिज खेल्ने नेपाली टोलीको घोषणा गरेको छ। क्यानले बुधबार घरेलु मैदानमा आयरल्यान्डसँग र भारतमा हुने टी–२० सिरिजका लागि रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो।

टोलीमा रोहित पौडेल (कप्तान),असिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा,अनिल शाह, गुल्सन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जिसी, अभिनास बोहरा, आकाश चन्द रहेका छन्।

चन्द पछिल्लोपटक हङहङ भ्रमणमा राम्रो प्रदर्शन गरेका तीव्र गतिका बलर हुन्। त्यस्तै हङकङ भ्रमणमा नरहेका विकेटकिपर अनिलकुमार शाह पनि नेपाली टोलीमा समावेश छन्।

नेपालले आयरल्यान्ड ए टीमसँग चैत ११/ १२ गते खेल्नेछ भने भारतका प्रादेशिक टीम गुजरात र बरोडासँग चैत १७ गतेदेखि त्रिकोणात्मक सिरिज खेल्नेछ।