सुनको मूल्य हालसम्मकै उच्च,कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सुनको मूल्यमा ९ दिनपछि फेरि नयाँ रेकर्ड बनेको छ। बिहीबार एकै दिन मूल्य तोलामा २ हजार ६ सय रुपैयाँ बढेपछि हालसम्मकै उच्च भएको हो।

बिहीबार तोलाको १ लाख २७ हजार ८ सय रुपैयाँ सुनको मूल्य तय भएको छ। यसअघि बुधबार १ लाख २५ हजार २ सय रुपैयाँ थियो।

फागुन २९ गते सुनको भाउले तोलामा १ लाख २६ हजार रुपैयाँ पुगेर उच्च रेकर्ड बनाएकोमा सो रेकर्ड ९ दिनमै तोडिएको हो। चाँदीको मूल्य पनि हालसम्मकै उच्च भएको छ। अघिल्लो दिन तोलाको १ हजार ५२० रुपैयाँ रहेको चाँदी बिहीबार १ हजार ५५५ कायम भएको छ।