एमाले समाजवादी मोर्चामा सहभागी हुँदैन: अध्यक्ष ओली

फाइल तस्वीर

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरु समाजवादी मोर्चामा सहभागी नहुने बताएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भएको भेटवार्तापछि पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन्।

ओलीले प्रधानमन्त्रीसँग समसामयिक विषयमा भने राम्रो छलफल भएको बताए। ओलीले भने,प्रधानमन्त्रीजीसँग राम्रो कुराकानी भयो समसामयिक विषयमा।

यसअघि शुक्रबार बिहान बसेको समाजवादी मोर्चाले एमालेलाई मोर्चामा सहभागी गराउन अध्यक्ष ओलीसँग छलफल गर्ने निर्णय गरेको थियो।