२६ वटा कन्स्ट्रक्सन कम्पनीका कालो सूचीमा परे

काठमाडौं। सरकारले २६ वटा निर्माण कम्पनीलाई ७ दिने स्पष्टीकरण सोधेको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयले आज सूचना जारी गर्दै ती निर्माण कम्पनीलाई ७ दिने स्पष्टीकरण सोधेको होे।

विभिन्न सार्वजनिक निकायले कालोसूचीमा राख्नका लागि २६ वटा निर्माण कम्पनीलाई सिफारिस गरेपछि कार्यालयले सुरुमा ३० दिनभित्र स्पष्टीकरण पेश गर्न सूचना पठाएको थियो।

तर, सो समयमा स्पष्टीकरण प्राप्त नभइपछि पुनः अन्तिम मौका दिइएको कार्यालयले जनाएको छ। ७ दिनको अवधिमा पनि स्पष्टीकरण पेश नगरेमा कालोसूचीमा राखिनेछ।