क्रिप्टोकरेन्सी कारोबारको आरोपमा एकजना पक्राउ

सांकेतिक तस्वीर

काठमाडौं। नेपालमा अवैध मानिने क्रिप्टोकरेन्सीबाट कारोबार गरेको आरोप प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा स्याङ्जाको चापाकोट नगरपालिका–८ घर भई काठमाडौं टोखा बस्ने ५४ वर्षीय शनि भण्डारी छन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार बिहान टोखाबाट पक्राउ गरेको हो।

क्रिप्टोकरेन्सीको कारोबार गर्दै आएको प्रहरीले जनाएको छ। पक्राउ परेका भण्डारीलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता नकुल पोखरेलले बताए।