अरुलाई कति बोकेर हिँड्नु,अब त मै सभापतिको उम्मेदवार बन्छु: नेता भण्डारी

फाइल तस्वीर

रूपन्देही। नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले पार्टीको आगामी महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बन्ने घोषणा गरेका छन्।

आइतबार बुटवलमा प्रेस युनियनद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता भण्डारीले आफू संसदीय दलको नेता र पार्टी सभापतिको उम्मेदवार बन्ने बताएका हुन्।

उनले पत्रकारहरुसँग कुराकानी गर्दै भने, ‘सधैं अरूलाई मात्रै बोकेर हिँडेर भएन नि। अब त मै सभापतिको उम्मेदवार हो, संसदीय दलको उम्मेदवार हो।