राष्ट्रिय सभा बैठक बस्दै,यस्तो छ कार्यसूची

काठमाडौं। सङ्घीय सांसदअन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दै छ। बैठक दिउँसो सवा १ बजेबाट सुरु हुनेछ।

आजको बैठकमा विकास,आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले निः शुल्क स्वास्थ्य उपचारको सुनिश्चितता सम्बन्धी” सङ्कल्प प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

त्यस्तै कृषि तथा पशुपक्षी विकासमन्त्री ज्वालाकुमारी साहले “खाद्य स्वच्छता तथा गुणस्तर विधेयक,२०७७ माथि प्रतिनिधि सभाबाट भएको संशोधनमाथि छलफल गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्ने संसद् सचिवालयले जानकारी दिएको छ।