काठमाडौंबाट जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ

काठमाडौं। काठमाडौंकाे डिल्लीबजारबाट जुवातास खेलेको आरोपमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं महानगरपालिका–३० डिल्लीबजार बस्ने गोपीनी महर्जनको घरमा जुवातास खेलिरहेको अवस्थामा ७ जनालाई प्रहरीले पक्राउ गरेको हो।

ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–२ ठुलाछाप घर भई काठमाडौं कीर्तिपुर बस्ने ४२ वर्षीय श्यामकाजी खत्रीसहित ७ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरी वृत्त मालिगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३३ हजार ५ सय ५ रूपैयाँसहित पक्राउ गरेको हो।