रास्वपालाई सिध्याउने षड्यन्त्र भइरहेको छ: सभापति लामिछाने

फाइल तस्वीर

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो पार्टीलाई सिध्याउने षड्यन्त्र भइरहेको बताएका छन्।

आज इलाममा आयोजित चुनावी सभामा बोल्दै उनले वर्षौँदेखि सत्तामा बसिरहेका मान्छेले नयाँ मानिस आएको चित्त नबुझाएको भन्दै रास्वपालाई सिध्याउने षड्यन्त्र भइरहेको जिकिर गरे।

रास्वपालाई सिध्याउने षड्यन्त्र भए पनि जनताले उठाएको शक्तिलाई सकाउने ताकत कसैसँग नरहेको उनले उल्लेख गरे।

लामिछानेले देशलाई सुशासनको बाटोतर्फ अघि बढाउन रास्वपालाई थप शक्तिको आवश्यक रहेको बताए। चुनावका बेला गल्ती गर्ने र पछि पछुताउनुपर्ने अवस्था आउन नदिन मतदाताले विवेकी निर्णय गर्नुपर्नेमा उनले जोड दिए।