वर्तमान सत्ता गठबन्धन माघ महिना कट्दैन: महामन्त्री थापा

फाइल तस्वीर

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सत्ता गठबन्धन माघ महिनासम्म भत्किसक्ने दाबी गर्नुभएको छ।शनिबार इलाममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताउनुभएको हो।

महामन्त्री थापाले अहिले बनेको गठबन्धनले २०८१ सालको माघ कट्न नसक्ने जिकिर गर्नुभयो। उहाँले चुनावको अगाडि गठबन्धन जनतालाई धोका भएको बताउनुभयो। चुनावको अघिको गठबन्धन बेइमानी, मतदाताको स्वतन्त्रताको अपहरण र मतदाताको अवमूल्यन भएको बताउनुभयो।

महामन्त्री थापाले चुनावअघि गर्ने गठबन्धनलाई अब बिदाई गर्ने बेला आएको बताउनुभयो। उहाँले चुनाव अघिको गबठन्धनले देशको राजनीतिलाई विकृत बनाएको बताउनुभयो। इलामबाट नेपालमा चुनावअघिको गठबन्धनको राजनीति भल्दैन भन्ने सन्देश दिन जरुरी रहेको बताउनुभयो।

महामन्त्री थापाले गठबन्धनको राजनीतिले नेपालको राजनीतिलाई फोहोर बनाएको बताउनुभयो।