केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्ने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष पेश गर्ने निर्णय निर्णय गरेको हो।

त्यस्तै बैठकले विपद्बाट क्षति भएका तथा जोखिममा रहेका निजी आवास प्रबलीकरण, पुनर्स्थापना तथा पुनर्निर्माण गर्न तहको सहलगानी हुनसक्ने गरी विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन नियमावलीमा संशोधन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिए।