कतारका राजाकाे स्वागत गर्न भोलि सार्वजनिक बिदा

काठमाडौं । सरकारले भोलि (मंगलबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले कतारका अमिर ९राजा०ले नेपाल भ्रमण गर्न लागेको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

सरकार प्रवक्ता एवम् सञ्चारमन्त्री रेखा शर्माले कतारका अमिर तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणका अवसरमा भोलि मंगलबार सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिए।

कतारका अमिर राष्ट्रपति रामचन्द्र पौडेलको औपचारिक निमन्त्रणमा दुईदिने नेपाल भ्रमणका सिलसिलमा मंगलबार काठमाडौं आउँदै छन्।

सो क्रममा उनले राष्ट्रपतिसहित प्रधानमन्त्री लगायत राजनीतिक नेतृत्वसँग भेटवार्ता गर्ने छन्। अमिरको नेपाल भ्रमण खाडी मुलकबाट पहिलो उच्चस्तरीय भ्रमण हो।